सुदूर नेपाललाई विश्वसँग जोड्दै

हप्तामा चार दिन काम गर्न दिने न्यूजिल्यान्डकी प्रधानमन्त्रीको चाहना

२०७७ जेठ ८, ०९:४२

न्युजिल्यान्डकी प्रधानमन्त्री जकिन्दा अर्डेर्नले मजदूरहरुलाई हप्तामा चार दिन काम गर्न दिन चाहेको बताएकी छन्। देशको पर्यटन व्यवसायको प्रवद्र्धन र मजदुरहरुको हितका लागि हप्तामा चार दिन काम गर्न दिनु आवश्यक भएको उनको भनाई थियो।

कोरोनाभाइरसका कारण मानिसहरुलाई घर बाहिर हिडडुल गर्न प्रतिवन्ध लगाइएकाले धेरै क्षेत्र नराम्ररी प्रभावित भएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत् भएको प्रत्यक्ष प्रसारणका क्रममा उनले कामका लागि लचकता अपनाउनु पर्नेमा जोड दिईन्।

कोरोनाभाइरसबाट बच्न अपनाउनु पर्ने उच्च स्वास्थ्य सतर्कताका बारेमा लकडाउनका बेला आम नागरिक शिक्षित भइसकेको पनि उनको भनाई छ। राष्ट्रिय सिमा नाकाहरु बन्द नै राख्ने र काममा लचकताको व्यवस्था गर्दै देशभित्र घुमघाम गर्न दिनु उपयुक्त हुने प्रधानमन्त्रीको निश्कर्ष छ।

उनले हप्तामा चार दिन काम गर्न दिनका लागि आफुलाई धेरै मानिसले सुझाव दिइरहेको पनि जानकारी दिए। रासस
 

कमेन्ट लोड गर्नुस