सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा ४५ हजार बढी निको भए

२०७७ जेठ ८, ११:२० खबर संवाददाता

भारतमा कोरोना भाइरसका ४५ हजारभन्दा बढी संक्रमित निको भएका छन्। यहाँका १ लाख १२ हजार चार सय ४२ संक्रमित भएकोमा ४५ हजार ४ सय २२ ले स्वास्थ्यलाभ गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

पछिल्लो २४ घण्टामा मात्रै यहाँ ५ हजार ५ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ४ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १३२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ हजार २९७ पुगेको छ। महाराष्ट्रमा अहिलेसम्म एक हजार ३९० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ। त्यस्तै, तमिलनाडुमा अहिलेसम्म १३ हजार १९१ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ८७ जनाको मृत्यु भएको छ।

गुजरातमा अहिलेसम्म १२ हजार ५३७ संक्रमित पुगेका छन्। यो राज्यमा मृत्यु हुनेको संख्या पनि ७४९ पुगेको छ। मध्य प्रदेशमा संक्रमितको संख्या पाँच हजार ७३५ संक्रमित फेला परेका छन्। यो राज्यमा २६७ जनाको मृत्यु भइसकेको छ। भारतको पश्चिम बंगालमा तीन हजार १०३ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २५३ पुगेको छ।

उत्तर प्रदेशमा पनि संक्रमित संख्या पाँच हजार १७५ पुगेको छ। उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १२७ जनाको मृत्यु भएको छ। बिहारमा एक हजार ६७४ संक्रमित पुग्दा नौ जनाको मृत्यु भइसकेको छ।
 

कमेन्ट लोड गर्नुस