सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावललाई ओलीको कडा जवाफ– एमसीसी पछाडीबाट होइन मूल ढोकाबाट आउँछ

२०७७ जेठ ६, ०२:१९ खबर संवाददाता

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहायता  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पछाडीको ढोकाबाट नभई मूलढोकाबाट आउने बताएका छन्। आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमको छलफलका क्रममा संदसमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले नेपालको विद्युत् व्यापारका लागि प्रशारण लाइन अनिवार्य भएको र कुनै हालतमा बनाइछाड्ने बताए।

उनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेकपा नेता भीम रावलले राष्ट्रहित विपरीतको एमसीसी पछाडिको ढोकाबाट छिराउन खोजिएको आरोप लगाएको भन्दै कडा जवाफ दिएका छन्।  उनले भने ‘केही माननीयले जस्केलाबाट पछाडिको ढोकाबाट छिराउन खोजेको भन्नुभयो, होइन मूलढोकाबाटै एमसीसी आउँछ। प्रशारण लाइन बन्छ, एमसीसीले नबनाए अरूले बनाउँछ, कसैले नबनाए हामीले बनाउँछौं।’

कमेन्ट लोड गर्नुस