सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ ६, ०१:१५

कञ्चनपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म२प ५२७ नंको मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका–३ का मोहन चौधरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार भीमदत्तनगरदेखि बेदकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो। उनका अनुसार मोहनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। -रासस

कमेन्ट लोड गर्नुस