सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले भने – भारतबाट आएको भाइरस कडा देखियो

२०७७ जेठ ६, १२:४५ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुमा  कडा खालको कोरोना भाइरस देखिएको बताएका छन्। आज संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै यस्तो बताएका हुन्।

वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको तर तर भारतबाट आएको भाइरस कडा खालको देखिएको उनले बताए। पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको भन्दै उनले यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको बताए।

उनले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकारे।

कमेन्ट लोड गर्नुस