सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारलाई कोरोनाले हुनसक्ने क्षतिबारे कुनै ज्ञान नै छैन् :देउवा

२०७७ जेठ ४, ११:४८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारलाई कोरोना भाइरस (कोभिड १९) ले हुनसक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र जनताको दुखप्रति कुनै संवेदना नभएको आरोप लगाए हुन्।

कोरोना भाइरसको महामारीको समयमा आएको सरकारको नीति तथा कार्यक्रम बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पनामा अल्झिएको उनको टिप्पणी छ। उनले भने, ‘यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णत असफल छ, सरकार महामारी नियन्त्रणकोका लागि गर्न पूर्ण रुपले असफल छ।’ 

नेपालमा कोरोना संक्रमण देखिएको ४ महिना र लकडाउन गरेको ५५ दिन भइसक्दा पनि जम्मा २६ हजारको मात्र पीसीआर परीक्षण हुनु दुखद रहेको देउवाले बताए। यत्तिका दिनपछि पनि स्वास्थ्यकर्मीको सुरक्षा उपकरणलगायत आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नहुनु, भेन्टिलेटर लगायत अन्य उपचार सामग्रीको आवश्यक नहुनु सरकारको कमजोरी भएको उनको भनाइ छ।

उनले भने, ‘म सरकारलाई सोध्न चाहन्छु लकडाउनको यो अवधिमा के तयारी ग¥यो?’ विदेशमा लाखौं नेपाली कोरोना संक्रमणको जोखिममा रहेका र भारतको सीमावर्ती क्षेत्रमा धेरै अलपत्र रहेको भन्दै देउवाले उनीहरुलाई सुरक्षित तरिकाले घर फर्किने वातावरण बनाउन माग गरे।

उनले पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन र समुदायस्तरमा पीसीआर परीक्षण ब्यापक बनाउन सरकारलाई आग्रह गरे। नीति तथा कार्यक्रममा सरकार आत्मप्रशंसामा नै रमाएको भन्दै देउवाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघिका दुई वर्षको आफ्नै नीति तथा कार्यक्रम पढ्न समेटत सुझाव दिए।
 

कमेन्ट लोड गर्नुस