सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट फर्किएकी संक्रमित महिलाको सम्पर्कमा आएका ३५ जनाको नुमना संकलन

२०७७ जेठ १, ०५:०० खबर संवाददाता

धनगढी : कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयाकी ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका परिवारका पाँचसहित गाउँका ३५ जनाको स्वाब संकलन गरिएको छ।

टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ३५ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको हो।

बुधबार उनको बेदकोटस्थित घरका पाँचसहित गाउँका ३५ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले जानकारी दिए।

करिब दुई महिना कञ्चनपुर बसेर उनी २८ वैशाखमा सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी टोलीसँगै छोराछोरी लिएर काठमाडौँ फर्किएकी थिइन्। 
 

कमेन्ट लोड गर्नुस