सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पाँचौँ संक्रमित पनि डिस्चार्ज, ३५ दिनपछि घर फर्किन धनगढीकी महिला

२०७७ वैशाख २६, ०५:३८ खबर संवाददाता

धनगढी : धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छिन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए। 

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन्। 

लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए। 

कमेन्ट लोड गर्नुस