सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनीमा जले चार घर

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र २७, ०९:१५

लुम्बिनीमा आज साँझ आगलागी हँुदा चार घर जलेका छन्। पाँच बजे भएको आगलागीबाट लुम्बिनी सांस्कृतिक नगरपालिका ४, खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

आगलागीबाट घरका सबै सामान जलेर नष्ट भएको छ । स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। विद्युत चुहिएर भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस