सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड १९ बारे स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन अब सांकेतिक भाषामा

२०७६ चैत्र २७, ०८:५० खबर संवाददाता

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी पत्रकार सम्मेलन बिहीबारदेखि सांकेतिक भाषामा पनि गर्न थालेको छ। मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी जानकारी हरेक दिन ४ः१५ बजे जानकारी दिने पत्रकार सम्मेलन सांकेतिक भाषामा पनि गर्न लागेको हो।

यसअघि मन्त्रालयको पत्रकार सम्मेलन नेपाल टेलिभिजन, रेडियो नेपाल र मन्त्रालयको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण हुने गरेको थियो। तर सुन्न नसक्ने नागरिकको सुचना पाउने अधिकार सुनिश्चित गर्न मन्त्रालयले निर्णय गरेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले बताए।

उनले भने “धेरैतिरबाट सांकेतिक भाषामा पनि जानकारी दिन सुझाव आएको थियो र आजैदेखि शुरु गरेका हौं।”अब नियमित रुपमा दोभाषे सागर सुवेदीले सांकेतिक भाषामा जानकारी दिनेछन्।

यसअघि राष्ट्रिय बहिरा महासंघ तथा बहिरा व्यक्तिह?को क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुले सांकेतिक भाषा नहुँदा सरकारको सूचनाबाट वन्चित भएको बताउँदै आएका थिए। महासंघले यसअघि सरकारी सुचनाहरु पुनः छायांकन गरेर आफ्नो फेसबुक पेजमा राख्दै आएको थियो।
 

कमेन्ट लोड गर्नुस