सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट भारतमा एक डाक्टरको मृत्यु

। फोटो स्रोत ।
२०७६ चैत्र २७, ०६:१५

भारतमा कोरोना भाइरस (कोभिड १९) बाट एक डाक्टरको मत्यु भएको छ।

भारतको मध्य प्रदेशमा ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको बिहीबार बिहान मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। बीबसी हिन्दीका अनुसार भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो। तर, उनको अवस्था भने गम्भीर बनेको थियो।

बिहीबार बिहान उनको मृत्यु भएको हो। मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो। यद्यपि धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भारतमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
 

कमेन्ट लोड गर्नुस