सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंबाट भोलि र पर्सि सुदूरपश्चिम पनि आउन पाईने

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र २७, ०३:४६ खबर संवाददाता

धनगढी : सरकारले भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था मिलाएसंगै सुदूरपश्चिमका नौँ जिल्लामा पनि आउन पाईने भएको छ। काठमाडौँमा रहेका सुदूरपश्चिमवासीले आ–आफ्नो जिल्ला आउन पाउने भएका हुन्।

स्थानीय तहको समन्वयमा सरकारले काठमाडौं बाहिर जान चाहनेका लागि विभिन्न ठाउँमा गाडीको व्यवस्था समेत मिलाएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा समन्वय समितिको आज बसेको बैठकले २ दिनका लागि राजधानी बाहिरिन चाहने सर्वसाधारणलाई सहज होस् भनेर यस्तो व्यवस्था मिलाएको हो। यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस