सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंबाट भोलि र पर्सि बाहिर जान दिइने

फोटो: अनलाइनखबर
फोटो: अनलाइनखबर
२०७६ चैत्र २७, ०३:२९ खबर संवाददाता

सरकारले आव्हान गरेको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो।

लकडाउन लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो। लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका थिए। 

कमेन्ट लोड गर्नुस