सुदूर नेपाललाई विश्वसँग जोड्दै

तातोपानी नाका खुल्यो

२०७६ चैत्र २७, ११:५५ खबर संवाददाता

सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ। गत माघदेखि बन्द रहेको तातोपानी नाका अत्यावश्यक सामग्री ल्याउन लागि बुधबार साँझदेखि खोलिएको जिल्ला प्रशाशन कार्यालय सिन्धुपाल्चोले जनाएको छ।

प्रशासनका अनुसार पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाकस मास्क भित्रिएको छ। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको हेल्थडेस्क राखेर नाका खोलिएको जनाइएको छ। शुक्रबार ठूला परिमाणमा सामान आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ।

तत्कालका लागि चीनले अत्यावश्यक वस्तु मात्रै नाका भएर पठाउने बताइएको छ। तातोपानी नाका खुल्योचीनमा कोरोना (कोभिड(१९)को संक्रमण बढेपछि १३ माघदेखि नाका बन्द थियो।

कमेन्ट लोड गर्नुस