सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्नः मन्त्री ढकाल

२०७६ चैत्र २६, १०:४३

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहो¥याए।

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को आज संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र  उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताएका हुन्।

आवश्यक स्वास्थ्य सामग्री अस्पतालमा पुगेको जनाउँदै उहाँले कतिपय सामग्री निरन्तर नमूना परीक्षणको काम दोब्बर बनाउन आजै हेलिकोप्टरमार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिए।

मागपत्र बुझाउन बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना स्वास्थ्य मन्त्रालयमा आउनुभएको थियो। रासस
 

कमेन्ट लोड गर्नुस