सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा ११ र १२ को परीक्षा स्थगित

२०७६ चैत्र २५, ०१:२२ खबर संवाददाता

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ। कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गर्नुपरेको जानकारी दिए। ‘अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको छ’ उनले भने ‘अवस्था सामान्य भइसकेपछि नयाँ सूचना सार्वजनिक हुनेछ।’

यसअघि प्रवेशिका (एसईई) परीक्षा स्थगित भइसकेको छ ।

कमेन्ट लोड गर्नुस