सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाको किरिया बसेकी छोरीको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र २५, ०१:०४

आमाको किरिया गर्न बसेकी छोरीको मृत्यु भएको छ। 

झापा मेचीनगर–१३ सिग्देल गाउँ चारआलीकी डम्वादेवी गौतम न्यौपानेको मृत्यु भएको हो। उनी ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङमा चैतमा निधन भएकी हिमादेवी गौतमको किरिया गर्न गएकी थिइन्।

किरिया गरेकै अवस्थामा बेहोस भएकी उनलाई उपचारका लागि अस्पताल र्पुयाइएकोमा अस्पतालले घर फर्काएपछि मृत्यु भएको परिवार स्रोतले जनाको छ। अस्पतालले उनको मुटुमा समस्या रहेको बताएको थियो। हिमादेवीको चैत १९ गते ८१ वर्षको उमेरमा निधन भएको थियो। त्यसको ६ दिनपछि छोरीको पनि मृत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस