सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचारविरुद्ध निर्मततापूर्वक कारबाही हुन्छ :प्रधानमन्त्री

२०७६ चैत्र २५, १२:५४

भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने बताउँदै उनले कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे। प्रधानमन्त्रीले भने, “समाजमा उठ्ने गरेका, खासगरी ‘मिडिया’ र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ। 

मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी सङ्कटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन।” रासस
 

कमेन्ट लोड गर्नुस