सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा उपचाररत चारै संक्रमितको स्वास्थ्य अवस्था सामान्य

२०७६ चैत्र २५, १०:१२ खबर संवाददाता

धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत चारै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ। संक्रमितको उपचारमा संग्लन चिकित्सकहरुले चारै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन्। सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले चारै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारमा प्राथमिकता दिईएको बताए।

धनगढीका दुई जनामा सेती अस्पतालबाटै थ्रोट स्वाव संकलन गरेर नमूना परीक्षण गर्दा कोरोना भाईरस पोजेटिभ देखिएको थियो भने एक जना कैलालीको लम्कीका २१ बर्षिय युवक र एक जना कञ्चनपुरको बेतकोटका ४१ ब्र्षिय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको थियो। भारतबाट आएका दुवैको स्वाव संकलन भने नेपाली सेनाले संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएको थियो।  

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवकको दोश्रो पटक पनि कोरोना परीक्षण गरिएको थियो। दोश्रो पटक पनि कोरोना भाईरसको रिपोर्ट पोजेटिभ आएपछि उनको अस्पतालमा उपचार भईरहेको छ। यस्तै अहिले सेती प्रादेशिक अस्पतालमा अन्य शंकास्पद ६ जनालाई समेत आईसोलेसनमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ। उनीहरुको समेत थ्रोट स्वाव संकलन गरी परीक्षणका लागि नमूना काठमाडौँ पठाईएको थियो। 

कमेन्ट लोड गर्नुस