सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका एक युवक भागे

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र २५, ०८:५२

कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका एक युवक भागेका छन्। इलाम नगरपालिका वडा ३ स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका ती युवक सोमबार राति अस्पतालबाटै भागेका हुन्।

कोरोनाको प्रभाव देखिएको स्थानबाट आएकाले उनमा संक्रमण भएको हुन सक्ने आशंका गर्दै निगरानीमा राखिएको थियो। भारतको सिलिगुडीबाट आएका इलामकै सन्दकपुर गाउँपालिका वडा नम्बर ३ का ती युवक झ्यालबाट भागेको इलाम नगरपालिकाले जनाएको छ।

भारतबाट आएपछि उनी इलाम ५ बिब्ल्याँटेस्थित नातेदारको घरमा बसिरहेका थिए। उनको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो। चिकित्सकले उनलाई उपचार र रेखदेख गर्नुपर्ने सुझाव दिएपछि क्वारेन्टाइनमा राखिएको थियो। त्यही सुझाव नुसार चैत २३ गते क्वारेन्टाइनमा राखिएको थियो।
उनको स्वाब नमुना परीक्षणका लागि पठाइएको छ। तर रिपोर्ट आउन भने बाँकी छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस