सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीबाट बीस हेक्टर वन नष्ट

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र २५, ०८:३९

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माको हात्तीआहाल सामुदायिक वनमा सोमबार अपराह्न आगलागी हँुदा २० हेक्टर वन जलेको छ। आगलागीबाट सिसौ, साल, सल्लो र लोपोन्मुख सतिसाल गरी ५०० रुख जल्दा करिब रु १० लाख बराबरको क्षति भएको लालीगुराँस नगरपालिका–८ वडा अध्यक्ष तुसलीराम खनालले बताए।

प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको पहलमा आगलागी नियन्त्रण भए पनि आगलागीका कारण खुल्न नसकेको प्रहरी चौकी लसुनेका प्रमुख महानन्द दुलालले बताए। रासस
 

कमेन्ट लोड गर्नुस