सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको मुम्बईमा अस्पतालका तीन जना डाक्टर र २६ जना नर्समा कोरोना सङ्क्रमण

२०७६ चैत्र २५, ०८:२४ खबर संवाददाता

भारतको मुम्बईमा रहेको वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ। अस्पताल बन्द गरिएको छ।

अहिले अस्पतालमा रहेका अरु कर्मचारीको पनि कोरोना भाइरस (कोभिड१९) परीक्षण भइहेको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अस्पताल खोल्ने वा नखोल्ने भन्नेबारेमा प्रशासनले निर्णय गर्ने समाचार संस्था एएनआईले जनाएको छ।

सङ्क्रमण पुष्टि भएका नर्स र डाक्टरलाई अधेरीको एउटा अस्पतालमा उपचारको लागि लगिएको छ। अस्पतालमा भर्ना भएका एक सङ्क्रमितबाट नर्समा र नर्सबाट अरु कर्मचारीमा सङ्क्रमण फैलिएको हुन सक्ने आशङ्का गरिएको छ। यसबारेमा अनुसन्धानको लागि निर्देशन पनि दिइसकिएको छ।

अहिलेसम्म २ सय ५० जनाको कोरोना परीक्षणको लागि नमुना सङ्कलन गरिएको छ। भारत मध्य प्रदेशको राजधानी भोपालमा पूरै लकडाउन लागु भएको छ। शहरको सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमले  जनाएका छन्। 

औषधि पसल, दूध र ग्यास पाइने निकाय मात्र खुल्न दिइएको छ। स्थानीय प्रशासनले तरकारी र किराना पसल पनि बन्द गराएको छ। केन्द्र सरकारको निर्देशन विपरीत अत्याश्यक सामान पाइने पसल पनि बन्द गरिएको छ। भोपालमा सोमबार एकैदिन १४ जनामा कोरोना पुष्टि भएपछि लकडाउनको घोषणासँगै कडा प्रतिबन्ध लगाइएको हो।

कमेन्ट लोड गर्नुस