सुदूर नेपाललाई विश्वसँग जोड्दै

विमानस्थलमा आगलागी हुँदा ३५ सय कार जले

२०७६ चैत्र २५, ०५:५८ खबर संवाददाता

विमानस्थलमा आगलागी हुँदा ३५ सय कार जलेर नष्ट भएका छन्। अमेरिकाको फ्लोरिडा अन्तराष्ट्रिय विमानस्थलको घाँसेमैदानमा आगलागी हुँदा भाडाका ३५ सय कार जलेको अधिकारीले जनाएका छन्। 

अधिकारीहरुका अनुसार आगलागी शुक्रबारबाट सुरु भएको थियो। विमानस्थलको ६ हेक्टरभन्दा बढी जमिनमा आगो फैलिएको थियो र सुरुमा त्यहाँ रहेका २० वटा कार जलेको फोर्ट मायर्सको फायर डिपार्टमेन्टले जनाएको छ। 

आगो नियन्त्रणमा आउँदासम्म विमानस्थलभित्र रहेका भाडाका तीन हजार पाँच सय कार जलिसकेका थिए। आगलागी सुरु भएको १८ घन्टापछि शनिबार नियन्त्रणमा आएको  सिएनएनले जनाएको छ। आगो तीव्र गतिमा फैलिए पनि विमानस्थलका अन्य संरचनामा भने आगलागी भएन। आगलागीको कारण भने खुलेको छैन।
 

कमेन्ट लोड गर्नुस