सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा पटाका पड्काउने १४ जना पक्राउ

२०७६ चैत्र २४, ०९:२० खबर संवाददाता

प्रहरीले लकडाउनमा पटाका पड्काउने १४ जनालाई पक्राउ गरेको छ। पटाका पड्काउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

उनीहरु जनकपुरका विभिन्न स्थानबाट पक्राउ परेका हुन्। प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिका २, ३, ४, ८, ९ र ११ को वडा एरियामा लकडाउनको उल्लंघन गरी पटाका पड्काउने कार्यमा संलग्न रहेको अभियोगमा जनकपुर उपमहानगरपालिकामा बारा कलैया नगरपालिकाका रामप्रकाश साह सहित १४ जनालाई पक्राउ गरिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस