सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद्को हिउँदे अधिवेशन मध्यराति १२ बजेपछि अन्त्य

२०७६ चैत्र २४, ०८:४८ खबर संवाददाता

संघीय संसदको पाचौं (हिउँदे) अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ। संसद् सचिवालयले सोमबार सूचना टाँसेर अधिवेशन अन्त्यको घोषणा गरेको हो।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यसम्बन्धी पत्र संसद् सचिवालयमा पठाएकी हुन्। सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। ४ पुसबाट सुरु भएको अधिवेशन ११० दिन चलेको थियो।

यो अवधिमा दुवै सदनबाट जम्मा चारवटा विधेयक पारित भए। प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, राजश्व चुहावटसम्बन्धी र औद्योगिक व्यवसाय प्रतिष्ठानसम्बन्धी विधेयक दुवै सदनबाट पारित भएका हुन्। 
 

कमेन्ट लोड गर्नुस