सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री र सिडिओलाई कांग्रेस सभापति देउवाको टेलिफोन

२०७६ चैत्र २४, ०७:५९ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग टेलिफोनमा संवाद गरेका छन्।

गृह प्रदेश सुदूरपश्चिममा कोरोना भाईरसको जोखिम बढेपछि सभापति देउवाले प्रदेशका मुख्यमन्त्री भट्ट, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडासंग टेलिफोनमा संवाद गरेका हुन्। 

उनले सो कुराका जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत गराएका छन्। उनले कोरोनाको व्यापक परिक्षण गर्न तत्काल गति बढाउनुपर्ने स्थिति रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएको जानकारी गराएका छन्। देउवाले हिजो मात्रै कोरोनाको जोखिम न्यूनीकरणका लागि खबरदारी गर्न र लाग्नका लागि आग्रह गर्दै पूर्व प्रधानमन्त्रीसंग संवाद गरेका थिए। 

कमेन्ट लोड गर्नुस