सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ५४ दिनमा दुई सय ३० जनाको नमूना संकलन, एक सय ७१ को परीक्षण

२०७६ चैत्र २४, ०६:०९ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा कोरोनाको परीक्षणका लागि नमूना संकलन गर्न थालिएको ५४ दिन पुगेको छ। हालसम्म प्रदेशभरीमै दुई सय ३० जनाको थ्रोट स्वावको नमूना संकलन गरिएको छ। 

पहिलो पटक फागुन १ गते नमूना संकलन गरिएकोमा आजसम्म दुई सय ३० जनाको नमूना संकलन गरिएको प्रंदेश स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। तीमध्ये अहिलेसम्म एक सय ७१ जनाको मात्रै परीक्षण भएको केन्द्रले जनाएको छ।

परीक्षण गरिएका एक सय ७१ जनामा चार जनाको रिपोर्ट पोजेटिभ र बाँकी एक सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए। नमूना संकलन गरिएका ५९ जनाको भने परीक्षण बाँकी रहेको उनले बताए।  यस्तै धनगढीमा स्थापना गरिएको प्रयोगशालामा भने अहिलेसम्म १५ जनाको नमूना परीक्षण भएकोमा १५ जनाको नै रिपोर्ट नेगेटिभ आएको कार्कीले बताए।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपाली सेनाले क्वारेन्टाइनबाट संकलन गरेका ९२ जनाको थ्रोट स्वाव र बाँकी विभिन्न अस्पतालबाट संकलन गरिएका नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

कमेन्ट लोड गर्नुस