सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट अफगानिस्तानमा एक चिकित्सकको मृत्यु, २० जना चिकित्सक संक्रमित

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र २४, ०६:०८ खबर संवाददाता

अफगानिस्तानमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ।

संक्रमितको उपचारमा खटिएका एक निजी अस्पतालमा कार्यरत हनीफुल्लाह हनिफको आइतबार मृत्यु भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन्। उनका अनुसार सोही अस्पतालमा काम गर्ने  अन्य २० जना चिकित्सकमा कोभिड १९ पोजेटिभ देखिएको छ। 

अफगानिस्तानमा हालसम्म ३६७ कोरोना संक्रमित देखिएका छन् भने १० जनाको मृत्यु भएको छ। इरानसँग सीमाना जोडिएको हेरात प्रान्त बढी प्रभावित भएको छ। 

विश्वका गरिब मुलुकमा पर्ने अफगानिस्तान युद्धबाट ग्रसित बनेको छ भने स्वास्थ्य प्रणाली निकै कमजोर छ। स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट लाखौं मानिस संक्रमित हुनसक्ने र यसले धेरै मानिसको ज्यान जानसक्ने चेतावनी दिएको छ। त्यसैगरी महामारीविरुद्ध लड्न अन्तराष्ट्रिय सहयोगको अपिलसमेत गरेको छ। बीबीसी
 

कमेन्ट लोड गर्नुस