सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट आएकालाई क्वारेन्टाइनमा बसाउने सुदूरपश्चिम सरकारको निर्णय

२०७६ चैत्र २२, ०७:१६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम सरकारले भारत तथा अन्य मुुलुकबाट आएकालाई क्वारेन्टाइनमा बसाउने निर्णय गरेको छ।

शनिबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षमा बसेको कोरोना भाइरस रोग नियन्त्रण, व्यवस्थापन तथा समन्वय समितिको बैठकले क्वारेन्टाइनलाई थप प्रभावकारी बनाउने र देशबाहिरबाट आएकालाई स्थानीय तह तथा सुरक्षा निकायको समन्वयमा व्यवस्थित बनाउने निर्णय गरेको हो। 

त्यस्तै बैठकबाट कोरोना उपचार तथा नियन्त्रणका लागि आवश्यक पर्ने उपकरण तथा औषधिजन्य  सामग्री संघीय सरकारसँग माग गर्ने र खरिद गर्ने निर्णय समेत भएको छ।  यस्तै लकडाउनको अवधी थप्न माग गर्ने, एम्बुलेन्स र शववाहन व्यवस्था गर्ने, राहत वितरण एकद्वार प्रणालीबाट व्यवस्थित गर्ने लगायतका निर्णय बैठकले गरेको छ।  

कमेन्ट लोड गर्नुस