सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कोरोनाको लक्षण देखिएका पुरुषलाई धनगढी ल्याईयो

२०७६ चैत्र २२, १२:५५ खबर संवाददाता

कञ्चनपुरमा कोरोना भाईरस (कोभिड–१९) को आशंका गरिएका एक जनालाई धनगढी ल्याईएको छ। केही दिन अघि भारतको उत्तराखण्डबाट फर्किएका वेदकोट नगरपालिकाका उनलाई आज बिहान एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल ल्याईएको हो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका  औलो रोग निरिक्षक समेत रहेका कोरोनाका सम्पर्क व्यक्ति सिद्धराज भट्टले वेदकोटकै सुन्दरपुर कृषि पाईलट फार्मको क्वारेन्टाईनमा राखिएका उनलाई धनगढी पठाईएको जानकारी दिए।

भट्टका अनुसार भारतबाट आएका ती पुरुषको नमुना संकलन गरी परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाईएको थियो। उनको रिर्पोट भने अहिले सम्म आएको छैन्।

उनमा कोरोना भाईरसका लक्षण देखिएकाले आईसोलेसन वार्डमा राख्न धनगढी पठाईएको बताईएको छ। 
 

कमेन्ट लोड गर्नुस