सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट ज्यान गुमाउनको सङख्या ५९ हजार नाघ्यो, संक्रमितको संख्या ११ लाख नजिक

२०७६ चैत्र २२, ०७:३८ खबर संवाददाता

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट अहिले सम्म ज्यान गुमाउनको सङख्या ५९ हजार नाघेको छ भने संक्रमितको संख्या १० लाख ९८ हजार पुगेको छ। शुक्रबार एकै दिन पाँच हजार नौ  सय ७३ जनाको मृत्यु भएको छ। यो कोरोना संक्रमणको कारण एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हो। शुक्रबार कोरोनाका ८२ हजार ७ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म २ लाख ८७ हजार ५ सय ४५ जना उपचारपछि निको भएका छन्।

अमेरिकामा शुक्रबार कोरोना संक्रमणबाट एक हजार तीन सय २० जनाको मृत्यु भएको छ। संक्रमितको संख्या दुई लाख ७६ हजार ९ सय ६५ पुगेको छ। संक्रमणबाट सात हजार तीन सय ९१ जनाको मृत्यु भएको छ। अमेरिकापछि शुक्रबार फ्रान्समा धेरैको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन एक हजार एक सय २० जनाको मृत्यु भएको छ। त्यसैगरी स्पेनमा हिजो एकै दिन आँठ सय ५० जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट अहिलेसम्म सबैभन्दा बढी इटालीमा १४ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ। त्यहाँ शुक्रबार सात सय ६६ जनाले ज्यान गुमाएका छन् भने ४५ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ अहिलेसम्म संक्रमितको संखया १ लाख १९ हजार ८ सय २७ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस