सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाद्यान्न हवाई ढुवानीको विरोधः भोका जनता आक्रोशित

। फोटो स्रोत ।
२०७६ चैत्र २२, ०५:१७

लकडाउनका समयमा खाद्यान्न ढुवानी भएकामा यहाँका केही युवाले विरोध गरेका छन्। लकडाउनपछि हुम्लामा खाद्यान्न अभाव पाएर सांसद छक्कबहादुर लामाले आफ्नो पहलमा दुई दिन अगाडिदेखि चामल ढुवानी गराएकामा कोरोना भाइरस सङ्क्रमण हुने डरले स्थानीय युवाले विरोध गरेका हुन्। 

जिल्ला सदरमुकाम सिमकोटका केही युवाले दुई दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट लगातार खाद्यान्न ढुवानी गरिरहेका हवाई यातायात उडान बन्द गर्न स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। खाद्यान्न ढुवानी गर्ने नाममा हवाइजहाज निर्बाध चलेको र त्यसबाट जिल्लामा संक्रमण भित्रिन सक्ने आशङ्काले उडान रोक्न आज जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेश गरिएको स्थानीयवासी रवीनकुमार बस्नेतले बताए।

भोकमरी समस्या भोगिरहेका गाउँले भने खाद्यान्न ढुवानीको विरोध भएकामा आक्रोशित छन्। सिमकोट गाउँपालिकाका टसी विकले आफूहरूलाई रोगभन्दा भोकमरीको डर भएको बताए। ज्ञापनपत्र उद्योग, वाणिज्य तथा आपूर्तिमा मन्त्रालयमा पु¥याइने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताए। उक्त ज्ञापनपत्र स्थानीय तहलाई पनि बुझाइएको थियो। रासस
 

कमेन्ट लोड गर्नुस