सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपिलवस्तुमा आगलागी हुँदा ३९ घर नष्ट

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र २१, ०८:२१

कपिलवस्तु-विजयनगर गाउँपालिका वडा नम्बर १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ। गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको  घरमा छोई आगलागी शुरु भएको थियो। आगोले गाउँका पूरै घर जलेका छन्। गाउँको उत्तरदेखि शुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो।

आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए। आगलागीबाट करीब एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन्। अग्निपीडतको वास्तविक क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ। अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नम्बर १ का  वडाध्यक्ष इन्दर थारुले जानकारी  दिए।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ भएको थियो। पूरै गाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो। तौलिहवा   र गुगौलिको दूरी करीब ५० किलोमिटर  छ।–रासस

कमेन्ट लोड गर्नुस