सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७६ चैत्र २१, १२:१५ खबर संवाददाता

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

धनुषाको मिथिला नगरपालिका ६ मगरटोलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालक धनौजी गाउँपालिका ५ का २६ वर्षीय अजयकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। मण्डलले चलाएको प्रदेश २ ०२ ००२ प १६५७ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस