सुदूर नेपाललाई विश्वसँग जोड्दै

अप्रिल ५ मा देशभर दीप प्रज्वलन गर्न प्रधानमन्त्री मोदीको आग्रह

२०७६ चैत्र २१, ११:५५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ को राति ९ बजे देशभर दीप प्रज्वलन गर्न जनताहरुलाई आग्रह गरेका छन्। प्रधानमन्त्री मोदीले लकडाउनका बेला ऐकवद्धता देखाउन रातको ९ बजे देशभरका जनतालाई आआफ्नो ठाउँबाट मैनबत्ती तथा बत्ती नभएको खण्डमा मोबाइलको ‘फ्ल्यास लाइट’ बाल्न आग्रह गरेका हुन्।

उनले लकडाउनका बेला कोही पनि एक्लै नभएको सन्देश प्रवाह गर्न यस्तो आग्रह गरेको बताए। उनले ९ मिनेटसम्म यस्तो गर्न आग्रह गरेका छन्। उनले भने, ‘कृपया आइतबार तपाईँको घरको बत्ती निभाउनुस्, घरको बालकोनीमा गएर ९ मिनेटसम्म क्यान्डिल, टर्च वा मोबाइल फ्ल्यास लाइट बाल्नुस्।’

यस्तै मोदीले कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेका छन्। कोरोना भाइरसविरुद्ध देशव्यापी अभियानको रुपमा मोदीले शुक्रबार बिहान ९ बजे भिडिओ सन्देश मार्फत यस्तो आग्रह गरेका हुन्। उनले १ सय ३० करोड भारतीय जनताको एकीकृत शक्ति प्रदर्शनको लागि यस्तो आग्रह गरेको बताए।

कमेन्ट लोड गर्नुस