सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्व प्रख्यात वैज्ञानिकको मृत्यु

२०७६ चैत्र २०, ०५:४६ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ। बीबीसीले उल्लेख्य गरे अनुसार मंगलबार उनको मृत्यु भएको हो।

प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन्। घर फर्केपछि उनी निमोनियाको कारण क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन्। उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन्। साथै, उनले क्षयरोग (टीबी) रोकथामका लागि पनि काम गरेकी थिइन्। जसबाट उनले विश्वभर ख्याती कमाएकी थिइन्।

चीनको वुहानबाट गत डिसेम्बरको अन्तिममा देखिएको कोभिड–१९ को महामारी अहिले विश्वभर फैलिएको छ। जोन्स हप्किन्स यूनिभर्सिटीकाअनुसार कोरोना भाइरसबाट विश्वभर संक्रमित हुने मानिसको संख्या आठ लाख ७७ हजार नाघिसकेको छ। समग्र मृत्यु हुने मानिसको संख्या पनि ४३ हजार ५ सय नाघेको छ।
 

कमेन्ट लोड गर्नुस