सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउन उल्लंघन गर्ने सरकारी कर्मचारी स्थानीयको नियन्त्रणमा

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र २०, ०५:३५ खबर संवाददाता

लकडाउनको समयमा पासको दुरुपयोग गरी घुम्न हिँडेका सरकारी कर्मचारीलाई गत्लाङका स्थानीयले नियन्त्रणमा लिएका छन्। 

पार्वतीकुण्ड घुम्न पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुखसहित पाँच कर्मचारीलाई स्थानीयले बुधबार साँझ नियन्त्रणमा लिएका हुन्। जिल्ला प्रशासन कार्यालय रसुवाबाट धुन्चेदेखि बेत्रावतीसम्मको पास लिएको बा २ झ ३८७९ नम्बरको उक्त गाडी बुधबार दिउँसो पार्वतीकुण्ड पुगेको थियो। पार्वतीकुण्ड आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङमा पर्छ।

पार्वतीकुण्डबाट फर्कने क्रममा नियन्त्रणमा लिएको स्थानीयहरुले बताएका छन्। उनीहरू स्याफ्रु, गोल्जुङ हुँदै गत्लाङ गएका थिए। गाडी अहिले प्रहरीको नियन्त्रणमा छ। लकडाउन उल्लंघन तथा पासको दुरुपयोग गरेको बारे कर्मचारीसँग स्पष्टिकरण सोधिने र छानबिन गरेर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

कमेन्ट लोड गर्नुस