सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु, पति घाइते

२०७६ चैत्र १९, ०५:४१ खबर संवाददाता

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा  बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्। 

मकवानपुरबाट चितवनतर्फबाट जाँदै गरेको ना.६३प ५६९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङ सुन्दर हरैंचा नगरपालिका–४ बस्ने ३० वर्षीया विनिता घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ।  त्यसैगरी मोटरसाइकल चालक सोही स्थानका ३३ वर्षीय लिलामणि घिमिरे घाइते भएका छन्।  

घाइतेका हेटौंडा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस