सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट मध्यरातमा महेन्द्रनगर पुगेका ७२ जना क्वारेन्टाईनमा

फाईल तस्बिर
फाईल तस्बिर
२०७६ चैत्र १९, ०४:१४ खबर संवाददाता

भारतबाट गएराती महेन्द्रनगर पुगेका ७२ जनालाई अनिवार्य क्वारेन्टाईनमा राखिएको छ। सीमा नाका बन्द र लकडाउनको समयमा पनि कञ्चनपुरका भारतसँग जोडिएका विभिन्न सीमानाकाबाट महेन्द्रनगर पुगेका उनीहरुलाई बैजनाथ माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको स्थानीय प्रशासनले जनाएको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले गएराती विभिन्न क्षेत्रबाट प्रवेश गरेका ७२ जनालाई प्रहरीले पक्राउ गरी अनिवार्य क्वारेन्टाईनमा राखेको जानकारी दिए।

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को संक्रमण थप फैलिन  नदिन सरकारले लकडाउन गरेको भएपनि भारतमा मजदुरी गर्दै आएका नेपाली फर्किने क्रम रोकिएको छैन्। 
 

कमेन्ट लोड गर्नुस