सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा गड्डाचौकीबाट प्रवेश गर्न खोज्ने ६२ जनालाई दशगजामै राखियो

फाईल तस्बिर
फाईल तस्बिर
२०७६ चैत्र १९, ०३:५३ खबर संवाददाता

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट नेपाल प्रवेश गर्न खोज्ने ६२ नेपालीलाई दशगजा क्षेत्रमै व्यवस्थापन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनको समयमा सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई तीन दिन देखि दशगजा क्षेत्रमै व्यवस्थापन गरी राखिएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सीमा नाका बन्द र लकडाउनका बेला नेपाल प्रवेश गर्न खोज्ने ६२ जनालाई दशगजा क्षेत्रमै राखिएको जानकारी दिए।

उनीहरुका लागि आवश्यक पर्ने समाग्रीको प्रबन्ध स्थानीय तह र सशस्त्र प्रहरीले गरिरहेको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस