सुदूर नेपाललाई विश्वसँग जोड्दै

वीर अस्पतालमा मृत्यु भएका दुवैको रिपोर्ट आयो

२०७६ चैत्र १८, ०२:२४ खबर संवाददाता

वीर अस्पतालमा आइतवार र सोमवार मृत्यु भएका दुवै जनाको कोरोना परिक्षणको रिपोर्ट आएको छ। दुवैमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। मृत्यु भएका दुवैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या भएका कारण मृत्यु भएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए। 

दुवै जनामा श्वासप्रश्वासमा समस्या भएको र ज्वरो पनि आएकाले स्वाब परीक्षणका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको र कोरोना नेगेटिभ आएको निर्देशक डा. सेञ्चुरीले बताए। 

आइतवार काठमाडौं सतुंगल बस्ने ३३ वर्षीया एक महिला र सोमवार रौतहतका ५५ वर्षीय पुरुषको वीर अस्पतालमा मृत्यु भएको थियो ।  मृतक महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या थियो भने मृतक पुरुषमा मुटुको रोग भएको डा.सेञ्चुरीको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस