सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको विशाल सामुदायिक वनद्वारा उपभोक्तालाई मास्क र साबुन वितरण

२०७६ चैत्र १८, ०२:०८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको विशाल सामुदायिक वनले उपभोक्तालाई मास्क र साबुन वितरण गरेको छ।

कोरोना भाइरसलाई रोकथाम गर्नका लागि कृष्णपुर नगरपालिकामा रहेको विशाल सामुदायिक वनले मास्क र साबुन वितरण गरेको सामुदायिक वनका अध्यक्ष विक्रम थापाले बताए।

सामुदायिक वन उपभोक्ता समितिले कोरोना भाइरसलाई रोकथाम गर्न घरमै पुगि तथा पम्पप्लेटको माध्यमबाट जनचेतनामूलक कार्य समेत गरिरहेको छ।

 

कमेन्ट लोड गर्नुस