सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल डोटीबाट धनगढी सार्ने तयारी

२०७६ चैत्र १८, ०१:३७ खबर संवाददाता

धनगढी : डोटीमा रहेका प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल धनगढी सार्ने तयारी भएको छ। चैत ३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलको आर्थिक प्रशासन शाखाले गरेको माग अनुसार डोटीमा रहेका प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल धनगढी सार्ने तयारी भएको हो।

सोमवार मात्रै प्रहरी प्रधान कार्यालय मातहतको भौतिक पूर्वाधार निर्देशनालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलको आर्थिक प्रशासन शाखालाई पत्र पठाउँदे उक्त व्यवस्थापन गर्न आग्रह गरेको छ। 

संघीय प्रहरी कार्यालय धनगढीको नाममा रहेको जग्गामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया मिलाउन आग्रह गरिएको हो। यस्तै अञ्चल प्रहरी कार्यालय महाकालीको नाममा रहेको जग्गामा संघीय प्रहरी ईकाई धनगढी र सशस्त्र प्रहरी गुल्म धनगढीको कार्यालय सार्नका लागि समेत प्रक्रिया अगाडी बढाउन पत्रमा आग्रह गरिएको छ। 

यस्तै दीपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको भवन, प्रहरी नायव महानिरिक्षकको निवास र अन्य संरचना तालिम केन्द्रलाई हस्तान्तरण गर्न समेत अनुरोध गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस