सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा भेटिए एकैदिनमा दुई सय २७ नयाँ संक्रमित

। फोटो स्रोत ।
२०७६ चैत्र १८, १२:३५ खबर संवाददाता

भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ। सोमबार एकै दिनमा २ सय २७ नयाँ संक्रमित भेटिएका छन्। योसँगै भारतमा संक्रमितको संख्या १ हजार २ सय ५ १ पुगेको छ। अहिलेसम्म भाइरसको संक्रमणबाट ३२ जनाको ज्यान गएको छ र १०२ जना निको भएका पनि छन्। 

भारतमा सबैभन्दा धेरै संक्रमित दिल्लीमा देखिएका छन्। दिल्लीमा मंगलबारमात्रै २५ जना नयाँ संक्रमित भेटिएका छन्। दिल्लीमा अहिलेसम्म संक्रमितको संख्या ९७ पुगेको छ। 

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ हजार पुगेको छ, संक्रमित हुनेको संख्या झन्डै ८ लाख छ। भाइरस संक्रमितमध्ये १ लाख ५० हजारभन्दा बढी निको भइसकेका छन्। भाइरसको संक्रमण कम गर्न भारतले २१ दिनसम्मका लागि देशव्यापी लकडाउन गरेको छ। 

कमेन्ट लोड गर्नुस