सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सामुदायिक वनद्धारा मास्क र सेनिटाईजर वितरण

२०७६ चैत्र १८, १२:१९ खबर संवाददाता

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटमा रहेको गौरादेवी सामुदायिक वन उपभोक्ता समितिले मास्क र सेनेटाईजर वितरण गरेको छ। कोरोनाको जोखिमलाई नियन्त्रण गर्नको लागि आफ्ना उपभोक्तालाई मास्क र सेनेटाईजर वितरण गरिएको हो।

सामुदायिक वनका तीन सय बढी उपभोक्ताहरुलाई मास्क र सेनिटाईजर वितरण गरिएको वनका अध्यक्ष गजेन्द्र बहादुर सिंहले बताए। बजारमा मास्क र सेनिटाईजर अभाव देखिएका वेला सामुदायिक वनले वितरण गरेपछि सजिलो भएको उपभोक्ता गणेश जोशी मुड्भरीले बताए।

कमेन्ट लोड गर्नुस