सुदूर नेपाललाई विश्वसँग जोड्दै

पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

२०७६ चैत्र १८, ११:५४

पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

रामेछापको खाडादेवी गाउँपालिका–१ मा भक्तपुरबाट मजदुरका परिवार लिएर दोरम्बा गाउँपालिका जाँदै गरेको बा १४ ज ९४९८ नम्बरको पिकअप भ्यान बिहान ५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइते सबैलाई धुखिखेल अस्पताल पठाइएको छ। भ्यानमा विभिन्न ४ परिवारका १० बालबालिकासहित ३० जना बढी सवार थिए। 

उनीहरु रिजर्भ गरेर गाउँ फर्किन लागेका थिए। उपचारका लागि ल्याइएका घाइतेमध्ये २ जनाको घुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस