सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिप दुर्घटना हुँदा ३० जना घाइते

२०७६ चैत्र १८, ०९:०५ खबर संवाददाता

रामेछापको खाँडादेवी १ राकाथुममा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटना भएको खबर पाउनेवित्तिकै बिहान ५ बजे घाइते ३० जनाको उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ।

लकडाउनको समयमा भक्तपुरमा अलपत्र परेकाहरु राति जिप चढेर रामेछापको विभिन्न गाउँ फर्किन लागेका थिए। चालकले स्थानीय प्रशासनसँग अनुमति लिएर रामेछापतर्फ आएको बताए पनि अनुमति लिएको पुष्टि नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा सवार सबै भक्तपुर क्षेत्रमा मजदुरी काम गर्दै आएका मानिस र तिनका परिवार रहेका छन्।

कमेन्ट लोड गर्नुस