सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउन उल्लंघन गर्ने ८ जना पक्राउ

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र १८, ०६:०३ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने क्रम अझै रोकिएको छैन। पर्सा र बारामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८ जनालाई नियन्त्रणमा लिएका छन्। पर्साबाट २ जना र बाराबाट ६ जना पक्राउ परेका हुन्। पर्सामा पक्राउ परेका दुबैलाई सम्झाई–बुझाई गरेर साँझ छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी वीरेन्द्र शाहीले बताए।

बारामा पक्राउ परेकाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बाराले जनही १र१ सय रुपैयाँ जरिवाना लिएर छाडिएको डिएसपी गौतम मिश्रले बताए। पर्साबाट १८ वटा मोटरसाइकल र बाराबाट ५० वटा मोटरसाइल नियन्त्रणमा लिई सवारी धनीसँग जरिवाना लिएर मोटरसाइकल छाडिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस