सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित बलिउड गायिका कनिकाको चौथो रिपोर्ट पनि पोजेटिभ

२०७६ चैत्र १७, १०:५१ खबर संवाददाता

कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ। लखनउस्थित सञ्जय गान्धी पीजीआई अस्पतालमा उपचार गराइरहेकी कपूरको हालसम्म ४ पटक परीक्षण भएको थियो।

यद्यपि, उनी हाल आईसीयुमै छैनन्। आफ्नो आगामी स्वास्थ्य परीक्षण गर्दा कोरोना नेगेटिभ आउने उनले विश्वास व्यक्त गरेकी छन्। कनिका कपूरले अफिसियल इन्स्टाग्राममा भनेकी छन, जिन्दगी हामीलाई समयको राम्रोसँग उपयोग गर्न सिकाउँछ, जबकि समय हामीलाई जिन्दगीको मूल्य सिकाउछ।’
 

कमेन्ट लोड गर्नुस