सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाकाे प्रश्न: आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ?

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र १७, ०२:०२ खबर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूर पश्चिम प्रदेशको दार्चुला पारी भारतीय भूमि धारचुलामा रहेका नेपालीहरुलाई तत्काल नेपाल भित्रने वातावरण बनाउन माग गरेका छन्। 

सोमबार भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरि फर्किएका साढे तीनसय बढी नेपालीले नेपाल आउनुपर्ने माग गर्दै सीमा क्षेत्रमै नाराबाजी गरेका थिए। 

धारचुलामा रहेका नेपालीहरुले गरेको नाराबाजीको भिडियो भाइरल भएपछि देउवाले ट्विट गर्दै प्रश्न गरेका छन, ‘आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो? दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौ नेपालीहरुलाई आवस्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु।’

कमेन्ट लोड गर्नुस